नयाँ पत्रिकाकर्मी विश्वकर्मासहित तीन पत्रकार सम्मानित

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

प्रेस सेन्टर नेपालले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा नयाँ  पत्रिकाकर्मीसहित तीन पत्रकारलाई सम्मान गरेको छ। काठमाडौंमा बिहीबार एक  समारोहबिच नयाँ पत्रिका सिराहा संवाददाता मणिलाल विश्वकर्मा, लेखक तथा विश्लेषक नरेन्द्रजंग पिटर र रुवी श्रेष्ठ नगदसहित सम्मानित भएका हुन्।

कार्यक्रममा नयाँ  पत्रिकाकर्मी विश्वकर्मालाई शक्ति तारा स्मृति पुरस्कार, नेपालगन्जका पत्रकार पिटरलाई कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार र ललितपुरकी पत्रकार श्रेष्ठलाई बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कारले सम्मान गरिएको हो। 

उनीहरूलाई सम्मानपत्रसहित जनही नगद २५ हजार रुपैयाँ प्रदान गरिएको प्रेस सेन्टरका अध्यक्ष कमल गिरीले जानकारी दिए। कार्यक्रमका प्रमुख अथिति नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख अग्नि सापकोटाले उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन्।

सुझावित समाचार