१६५ निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी : विश्वप्रकाश शर्मा

बिहिबार, १५ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले आन्तरिक रूपान्तरणलाई व्यवहारमै लागू गर्न थालेको बताएका छन्। कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनमा कांग्रेसले सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको स्पष्ट पारे।

उनका अनुसार १६५ क्षेत्रमध्ये १०६ स्थानमा नयाँ अनुहारलाई अवसर दिइएको छ, जसलाई उनले पार्टीभित्रको परिवर्तनको संकेतका रूपमा व्याख्या गरे।

अघिल्लो निर्वाचनमा गठबन्धनका कारण कांग्रेस सीमित क्षेत्रमा मात्र प्रतिस्पर्धामा उत्रिएको स्मरण गराउँदै उनले त्यसवेला सबै समुदाय र वर्गलाई समेट्न कठिन भएको बताए।

सुझावित समाचार