निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर ५ की उम्मेदवार रहेकी निशा अधिकारीलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार रहेकी उनले अस्ट्रेलियामा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फारम भर्न लगाई आफ्नो अभियानलाई आर्थिक सहयोग मागेको विषयलाई लिएर आयोगले तीन दिनभित्र स्पष्टीकरण माग गरेको हो।
