काभ्रेको मन्डनदेउपुर नगरपालिका– ९, जिताउरी पोखरीस्थित नवप्रतिभा इंग्लिस बोर्डिङ स्कुलको भ्यान दुर्घटना भएको छ । बा.१.ज ८६७२ नम्बरको भ्यान विद्यार्थी लिएर विद्यालयतर्फ जाने क्रममा ब्रेक फेल भई सडकबाट अन्दाजी ६ मिटर दायाँतर्फ घरमा ठक्कर खान गई सवारी दुर्घटना हुँदा भ्यानचालककाे दाहिने खुट्टामा चाेट लागेकाे छ ।
प्रहरी र स्थानीयको सहयोगमा उनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । चालकको दाहिने खुट्टा च्यापिदिएकाले उपचारका लागि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । भ्यानमा सवार अन्य पाँचजना विद्यार्थी सकुशल रहेको प्रहरीको भनाइ छ ।