लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ)का डेढ सय विद्यार्थी दीक्षित भएका छन् । राजधानीमा आयोजित दीक्षान्त समारोहमा सन् २०२५ मा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका फाउन्डेसनका डेढ सय विद्यार्थी दीक्षित भएका हुन् ।
फाउन्डेसनका अनुसार स्नातक तहअन्तर्गत सूचना प्रविधि बिएससी आइटीतर्फ एक सय दुईजना र बिबिएमतर्फ दुईजना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी, स्नातकोत्तर तहअन्तर्गत एमबिएतर्फ २१ जना र एमएससी आइटिएमतर्फ २५ जना गरी कुल डेढ सयजना विद्यार्थी दीक्षित भएका हुन् ।
दीक्षान्त समारोहमा एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एन्ड इनोभेसनका प्रमुख सञ्चालन अधिकृत गुरपर्दिप सिंह, एलबिइएफ समूहका अध्यक्ष इन्जिनियर पंकज जालान तथा कार्यकारी निर्देशक इन्जिनियर प्रकाशकुमार केजरीवाललगायतको उपस्थिति रहेको थियो ।