उदयपुरमा गत ९ पुसमा एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् भने एक फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार त्रियुगा नगरपालिकामा अस्थायी रूपमा बस्ने १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुईजनालाई प्रकाउ गरिएको हो।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१३ दनुवारी टोलका १९ वर्षीय बिकल दनुवार र १५ वर्षीय बालक रहेका छन्। १६ वर्षका अर्का बालक फरार रहेकाले खोजी कार्य भइरहेको उनको भनाइ छ।
पक्राउ परेका आरोपितलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा ५ दिनको म्याद लिई अनुसन्धान जारी राखी फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।