धादिङमा निर्वाचन शान्तिपूर्ण बनाउन पाँच दलको साझा प्रतिबद्धता

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन धादिङका राजनीतिक दलहरू एजजुट भएका छन्। मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा उम्मेदवारहरूले एक कार्यक्रमबिच संयुक्त रूपमा साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।

निर्वाचनको समयमा प्रचारप्रसारका गतिविधिहरूलाई शान्तिपर्ण, सौहार्दपूर्ण, मैत्रीपूर्ण, मितव्ययी तथा मर्यादित बनाई मतदान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष बनाउने दलहरूले प्रतिबद्धता गरेका छन्। प्रतिबद्धतामा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता– २०८२ को पालना गर्न, गराउन र निर्वाचनको सम्बन्धमा उत्पन्न हुने विवाद तथा असमझदारी आपसी समन्वय तथा संवादबाट समाधान गर्ने उल्लेख छ।

एक–आपसमा अरूको कमजोरी खोज्ने र घोचपेच गर्नुभन्दा जनताको मत स्वीकार गर्नुपर्ने उम्मेदवारहरूले बताएका छन्। धादिङकै विकास र जनताको हितमा काम गर्ने भन्दै निर्वाचनपछि पनि जुनसकै पार्टी तथा जोकोही निर्वाचित भए पनि सहकार्य र समन्वयका साथ धादिङको विकास तथा समतामूलक समाज निर्माणमा काम गर्ने उनीहरूले प्रतिबद्धता जनाएका हुन्।

राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले पनि निर्वाचन आचारसंहितामा जोड दिएका छन्। उनीहरूले सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, मतदाता, आमनागरिक तथा सञ्चारकर्मीहरूलाई निर्वाचनलाई सफल बनाउन सहयोग, निगरानी र खबरदारी गर्न आग्रह आग्रह गरेका छन्।
 

सुझावित समाचार