गुठी संस्थानले बौद्धनाथ क्षेत्रमा रहेका बौद्ध तथा मेलम्ची घ्याङ गुठीमा कार्यरत चिनियाँ लामा रिन्पोछे चिनियाँ लामा भूपतिबज्र लामालाई पदबाट मुक्त गरेको छ। मिडियामा घुस लिएको आरोप उजागर भएपछि आरोप पुष्टि नभए पनि विवादास्पद व्यक्तिलाई पदमा राख्नु संस्थाको मर्यादाविपरीत ठहरिएको जनाइएको छ।
हालका लागि यी आरोप मात्र नरही, चिनियाँ लामासँग नेपाल र हङकङ दुवैको परिचयपत्र रहेको प्रमाण फेला परेको छ। यस्तो विवादास्पद व्यक्तिलाई पदमा राख्न नमिल्ने कुरा स्पष्ट छ। शुक्रबार, माघ ९ गते अध्यक्ष रमेशकुमार पाेख्रेलको नेतृत्वमा अन्य नाै सदस्यीय सञ्चालक समितिले एकमतले यो निर्णय गरेको हो। पदमुक्तिसम्बन्धी औपचारिक पत्र आगामी दुई दिनभित्र लामासमक्ष पुग्ने बताइएको छ।
विद्वत् समितिले बौद्धस्थित दैनिक पूजा–आराधनाका लागि उपयुक्त प्रतिस्थापनाको खोजी प्रक्रिया थालेको छ। गुठीको निगरानीमा यस्ता कार्यमा कुनै अवरोध नहोस् भन्ने सुनिश्चित गरिने छ। गुठी संस्थानले धार्मिक सम्पदाको व्यवस्थापनमा पारदर्शिता र कडा निगरानी कायम राख्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।