मिथिला नगरमा पहिलोपटक सूर्य नेपाल च्याम्पियनसिप

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

बर्दीवासस्थित नवनिर्मित मिथिलानगरी आर्मी गल्फ क्लबमा मंगलबारदेखि सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप हुँदै छ । विजेताले एक लाख ७० हजार र उपविजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो स्थानमा रहने गल्फरले एक लाख रुपैयाँ हात पार्नेछन् । आयोजकका अनुसार शीर्ष १८ स्थानभित्र पर्ने गल्फर पुरस्कृत हुनेछन् । 

नेपालका एक नम्बर प्रोफेसनल गल्फर नीरज तामाङसँगै भुवन नगरकोटी, धन थापा, दिनेश प्रजापति र जयराम श्रेष्ठ उपाधिका दाबेदार खेलाडीका रूपमा रहेका छन् । नीरजले अघिल्लो साता धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपन जितेका थिए । मिथिला गल्फ कोर्समा तीन दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । जहाँ ३१ प्रोफेसनल गल्फर, ह्यान्डिक्याप र ६ एमेच्योर गल्फरले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् ।

३६ होलको सामाप्तिपछि कट लागू हुनेछ । शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडी फाइनल राउन्डमा प्रवेश गर्नेछन् । मधेश प्रदेशमा सूर्य नेपाल गल्फ पहिलोपटक हुनलागेको हो । आर्मीको नयाँ गल्फ कोर्समा खेल्ने चुनौती खेलाडीलाई रहनेछ । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत आठ प्रतियोगिता हुनेछन् । सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर खेलाडी राहुल विश्वकर्माले जितेका थिए ।

सुझावित समाचार