राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ५ मा घरदैलो कार्यक्रम सुरु गरेको छ।
यसअन्तर्गत सोमबार दमक– ९ मा रास्वपाको आयोजनामा मतदाता भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरिएको थियो। कार्यक्रममा रास्वपाका नेताहरू तथा पार्टीका वरिष्ठ नेता बालेन शाहकी पत्नी सविना काफ्ले सहभागी भई स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो पक्षमा मत मागेकी थिइन्।
रास्वपाको चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा सञ्चालन गरिएको पहिलो चरणको घरदैलो अभियान मंगलबार सम्पन्न हुने जनाइएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि झापा ५ चर्चाको केन्द्रमा रहेको छ। यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गराइसकेका छन्।