खुला विश्वविद्यालयले पहिलोपटक दीक्षान्त समारोह मनाएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आइतबार मनाइएको समारोहमा ५४५ विद्यार्थी दीक्षित भए । समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले समारोहमा उत्कृष्ट विद्यार्थीलाई मेडल तथा पुरस्कार प्रदान गरेका थिइन् ।
विश्वविद्यालयको विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ५४५ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । दीक्षित हुनेमध्ये १८६ जना विद्यार्थी प्रत्यक्षतर्फका हुन् । त्यस्तै, दीक्षान्तमा सामाजिकशास्त्र तथा शिक्षा संकायबाट २४०, व्यवस्थापन तथा कानुन संकायबाट २७४ र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायबाट ३१ जना विद्यार्थी दीक्षित भए ।
तहगत रूपमा दर्शनाचार्यमा १५२, स्नातकोत्तरमा ६४, पिजिडीमा दुई र स्नातक तहमा ३२७ जना विद्यार्थी दीक्षित भए । प्रधानमन्त्री कार्कीले देशविदेशमा रहेका नेपाली विद्यार्थीका लागि खुला तथा दूर सिकाइका माध्यमबाट गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्याउन यस विश्वविद्यालयले सहयोग गरिरहेको बताइन् ।