राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२’ तयार गरेको छ। सुक्खायाम सुरु भएसँगै डढेलाको जोखिम हुने भएकाले कार्ययोजना तयार गरी कार्यान्वयन थालिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यो वर्ष नौ जिल्ला डढेलाको उच्च जोखिममा छन्। बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत जिल्लालाई उच्च जोखिममा राखिएको छ। सन् २०१३ यताका डढेला घटनाको विश्लेषणका आधारमा यी जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको हो। त्यस्तै, १३ जिल्लालाई मध्यम जोखिम र बाँकी जिल्लालाई न्यून जोखिममा राखिएको छ।