संखुवासभाकाे चैनपुरमा सुमाे दुर्घटना हुँदा ५ जना घाइते

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

संखुवासभाकाे चैनपुरमा सुमाे दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । आज (आइतबार) साँझ करिब साढे ६ बजे जिल्लाकाे चैनपुर नगरपालिका-२ बिहीबारेस्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको  प्र १-०१-००१ च ८२४७ नम्बरको ५ जना यात्रु बोकेको  सुमो गाडी आफैँ अनियन्त्रित भई  दुर्घटना हुँदा ४ जना गम्भीर र १ जनाकाे अवस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए।

उनकाे अनुसार गाडी सडकबाट करिब ३०० मिटर तल झरी दुर्घटना भएकाे छ । गाडीमा सवार ५ जना घाइते भएका छन् । जसमा चैनपुर- १ सिङरिङ बस्ने वर्ष ३४ को दोर्ची शेर्पा गम्भीर घाइते भएका छन भने चैनपुर-१ मैदाने बस्ने वर्ष ४५ को भीमबहादुर थुलुङ गम्भीर भएका छन् ।

त्यसैगरी नाम, थर, वतन नखुलेको अन्दाजी ३० को पुरुष गम्भीर घाइते भएका छन् भने अर्का नाम, थर, वतन नखुलेका अन्दाजी ४५ का पुरुष मानिस गम्भीर रहेको छ । नाम नखुलेका वर्ष अन्दाजी १३ को बालक सामान्य रहेको प्रहरीले जनाएकाे छ ।

घाइतेलाई तत्काल उद्धार गरी उपचारको लागि चैनपुर हस्पिटलतर्फ पठाइएको छ । सवारीचालक फरार रहेकाले खाेजी भइरहेकाे प्रहरीले जनाएका छन् ।

सुझावित समाचार