सामाजिक सञ्जालमा भ्रम छर्नेमाथि कारबाहीलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमा भ्रम छर्नेमाथिको कारबाहीलाई तिव्रता दिन निर्देशन दिएका छन्।   अर्याल नेतृत्वको टोलीले आइतबार नेपाल प्रहरीको साइबर ब्युरो पुगेर यस्तो निर्देशन दिएका हुन्। 

गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्लेसहितको टोलीले भोटाहिटीस्थित ब्युरो कार्यालय पुगी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुको साथै सेवालाई थप प्रभावकारी   बनाउन समेत निर्देशन दिएका हुन्। 

सो क्रममा  गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालबाट हुन सक्ने अमर्यादित र कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार वा जानकारीहरूलाई सुक्ष्म ढंगले अनुगमन गर्दै त्यस्ता अवैधानिक र दर्ता बिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूको नियमनका लागि खेल्नु पर्ने भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। 

ब्युरोबाट नियमित र विशेष रूपमा प्रदान गरिने सेवाबारे ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरीक्षक नबिन्द अर्यालबाट जानकारी  लिएका थिए । े यो निर्वाचनको समय अझै बढी सक्रिय भई स्वचालित रूपमा कार्यालय आफै सक्रिय भएर सामाजिक सञ्जालमा राखिने र छरिने भ्रमहरूलाई माथीको आदेश कुर्नु नपर्ने र अवैधानिक पोस्ट तथा मिथ्या जानकारीहरूलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन उनले निर्देशन दिएका छन्।

 समाजमा सामाजिक सद्भावमा खलल पु¥याउने कार्यमा सामाजिक सञ्जालको दुरुपयोग हुन नदिई फागुन २१ गतेको निर्वाचनको माहौल बनाईराख्न पनि ब्युरोले अहिले गरेको कार्यमा थप तदारुकताका साथ काम गर्नु पर्नेमा मन्त्री अर्यालको जोड छ।    कतिपय व्यक्ति, संस्था र समूहले गर्ने र हाल्ने पोस्टहरू कत्तिको तथ्यपरक र सही हुन् त्यसको जानकारी लिई ब्युरो आफैले त्यस्ता पोस्ट र जानकारी हाल्ने जो कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न पनि गृहमन्त्री अर्यालले ब्युरो प्रमुखलाई निर्देशन दिनु भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बताए।   
 

सुझावित समाचार