एमालेकी रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट नेकपा एमालेकी रोशनी मेचे निर्वाचित भएकी छिन्। आइतबार विराटनगरमा सम्पन्न निर्वाचनमार्फत् मेचे ‘महिला’ क्लस्टरतर्फ विजयी भएकी हुन्।
 
मेचेले सात हजार १७३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपानेले दुई हजार २६८ मत प्राप्त गरिन्। मेचे एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापाकी हुन्।

निर्वाचन कार्यालयका अनुसार कोशी प्रदेश सभाअन्तर्गत ८७ सांसदहरुले मतदान गरेकोमा सूर्य चिह्नमा ६४ र तारा चिह्नमा २२ मत परेको हो। स्थानीय तहतर्फ सूर्य चिह्नमा १९९ र तारा चिह्नमा ५८ मत प्राप्त भएको छ।

सुझावित समाचार