राष्ट्रिय सभा निर्वाचन : ९५ प्रतिशत मत खस्यो

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभाको १७ सिटका लागि भएको मतदानमा करिब ९५ प्रतिशत मत खसेको छ। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म भएको मतदानमा ९५.६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

२० फागुनदेखि कार्यकाल सकिने १९ सिटमध्ये कोशी प्रदेशमा खसआर्यतर्फको एउटा पदमा कांग्रेसका सुनील थापा निर्विरोध भइसकेका छन् भने एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । बाँकी १७ सिटका लागि मतदान भएकाे हाे। 

सुझावित समाचार