आचारसंहिताका कारण जनकपुरमा हुने भनिएको कांग्रेसकाे चुनावी सभा स्थगित

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगको आचारसंहिता लागू भएको कारण यही माघ १६ गते जनकपुरधाममा नेपाली कांग्रेसले आयोजना गर्न लागेको प्रदेशस्तरीय चुनावी सभा हाललाई स्थगित गरिएको छ। 

मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने उनले जानकारी दिए । 

नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्यमान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेको उनको भनाइ थियोे । 

सुझावित समाचार