सल्यानमा दुईजनाले लिए उम्मेदवारी फिर्ता

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

सल्यानमा प्रगतिशील लोकतान्त्रिक पार्टी र आम जनता पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। प्रलोपाका सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिंह विकले उम्मेदवारी फिर्ता लिएकाे मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीले जानकारी दिए।

उम्मेदवारी फिर्ता लिएका राईले नेकपा (एमाले)का उम्मेदवार गुलाबजंग शाहलाई तथा विकले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ललाई समर्थन गर्ने भएका छन्। ०४८ सालदेखि एमालेमा रही काम गरेको बताउँदै राईले प्रलोपा त्यागेर  एमालेमा नै फर्किएको विज्ञप्तिमा भनेका छन्।

दुईजनाले उम्मेदवारी फिर्ता लिएसँगै जिल्लामा दुई स्वतन्त्रसहित १४ जना उम्मेदवारबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ। सल्यानमा ७९ हजार १२८ महिला र ८३ हजार ३२१ पुरुष गरी एक लाख ६२ हजार ४४९ मतदाता छन्।

सुझावित समाचार