पर्सा २ मा कांग्रेसका बागी साहले उम्मेदवारी फिर्ता लिए

शुक्रबार, ९ माघ, २०८२
डिजिटल संस्करण

पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका राजेश्वर साहले उम्मेदवारी फिर्ता लिएका छन्।

टिकटको आकांक्षी साहले अन्तिम समयमा टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए। पूर्वप्रदेश सभा सदस्यसमेत रहेका साहले निवेदन दिएर आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मधुसूदन आचार्यले बताए।

सुझावित समाचार