युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा पूर्वविजेता बार्सिलोनाले स्लाभियालाई ४–२ ले हराएको छ । चालू २०२५/२६ को च्याम्पियन्स लिगको सातौँ चरणका खेल सकिएको छ ।
बार्सिलोनाका लागि फर्मिन लोपेजले दुई गोल गरेका थिए । ड्यानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे । जितसँगै बार्सिलोना सात खेलमा १३ अंक बटुलेर नवौँ स्थानमा उक्लिएको छ । अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले मार्सेलीलाई ३–० ले हरायो । जर्मन क्लब बायर्न म्युनिखले युनियन सेन्ट गिल्लोइसलाई २–० ले पाखा लगायो ।