लुम्बिनी प्रदेश प्रहरीको प्रमुखमा डिआइजी खत्री

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रदेश प्रहरीको रूपमा डिआइजी भूपेन्द्रबहादुर खत्रीले कार्यभार सम्हालेका छन्। बिहीबार तुलसीपुरस्थित प्रदेश प्रहरी कार्यालयमा उपस्थित भएर उनले कार्यकार सम्हालेका हुन्। 

यसअघि लुम्बिनी प्रदेशमा रहेका डिआइजी राजेन्द्रप्रसाद भट्टको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ। डिआइजी खत्री भने यसअघि केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत थिए। उनी आफ्नो ब्याचमा पहिलो नम्बरमा रहेका अधिकृत हुन्। 

सुझावित समाचार