राष्ट्रिय स्वतन्त्र पार्टीका दाेलखाका उम्मेदवार ई. जगदीश खरेलसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। खरेलले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेपछि आयोगले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको हो।
‘उल्लिखित सन्दर्भमा यहाँले आचारसंहिताको व्यवस्थाको प्रतिकूल हुने गरी दलको झन्डाको प्रयोग र आचारसंहिताले तोकेको २५ जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेको हो वा होइन ? यदि तपाईँले माथि उल्लेख भएजस्तो कार्य गर्नुभएको हो भने तपाईंलाई किन निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित निर्वाचन कानुनबमोजिम कारबाही गर्नु नपर्ने हो ?’ आयोगले भनेको छ।
