सिद्धार्थ क्यापिटल लिमिटेड प्रिमियर डिस्टिलरीको साधारण सेयर (आइपिओ) निष्कासक तथा बिक्री प्रबन्धमा नियुक्त भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको छ । सेयर निष्कासनसम्बन्धी कार्यका लागि यी दुवै पक्षबिच सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्की र प्रिमियर डिस्टिलरीका सञ्चालक गौरव शारडाले हस्ताक्षर गरेका हुन् ।
सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना गरिएको प्रिमियर डिस्टिलरीले भोड्का, ह्विस्की, रम र जिनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्युट्रल अल्कोहल उत्पादन गर्दै आएको छ ।