आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ। दुई वटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा ३ स्वतन्त्रसहित १८ तथा क्षेत्र नम्बर २ मा ८ स्वतन्त्रसहित २४ उम्मेदवार छन्। दुवै क्षेत्रमा गरी कुल ११ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्।
नमोबुद्ध नगरपालिका– १० सिम्लेका जीवन तामाङ, काठमाडौं महानगरपालिका– ७ गोपिकृष्ण मार्गका युवराज चौलागाईं र पनौती नगरपालिका–७ का राजेश कुमार श्रेष्ठले प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार दिएका हुन् ।
यसैगरी, निर्वाचन क्षेत्र नं २ मा नमोबुद्ध–९ छत्रेबाजका विष्णुकुमार श्रेष्ठ, पनौती–१२ कोलातीकी आसा तामाङ, पाँचखाल–२ बगालडिहीका डिल्ली प्रसाद न्यौपाने, पाँचखान–१० का गणेश प्रसाद अधिकारी, पाँचखालका सीताराम मैनाली, बनेपा–१ बिष्टगाउका लेनिन बिष्ट, बेथानचोक–२ थलीका केशवराज तिमल्सिना, भूम्लु गाउँपालिका–२ थापाटोलका उमेश थापा र चौरीदेउराली गाउँपालिका– ३ की पारालैङ्गिक महिला विनोद लामाले उम्मेदवारी दिएका हुन्।