पर्सा जिल्ला अदालतले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको सहकारी रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि धरौटी माग गरेको थियो । सानो पाइला सहकारीको पैसा गोर्खा मिडियामा गएको आधारमा लामिछानेलाई पनि सो मुद्दामा प्रतिवादी बनाइएको थियो ।
जुन मुद्दामा उनीसँग एक करोड धरौटी माग भएको थियो । धरौटी रकम बुझाएर लामिछाने मंगलबार नै रिहा भएको तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित ३९ जेठमा सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो । उनीमाथि संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरिएको छ ।