प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत जिल्ला टिम छनोटका लागि आज सम्पन्न खेलमा बारा रेड र बारा ब्लुबिच प्रतिस्पर्धा भएको छ । खेलमा बारा ब्लुले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको बारा रेडले निर्धारित ओभर पूरा गर्न नसक्दै ३१.३ ओभरमा सबै १० विकेट गुमाएर १५२ रन जोड्न सक्यो। बारा रेडका ब्याट्सम्यानहरूले सुरुवातमा राेक्न खाेजे पनि बारा ब्लुका बलरहरूको अनुशासित र प्रभावकारी बलिङअगाडि टिक्न सकेनन्।
१५३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको बारा ब्लुले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्याे । सुरुमा केही विकेट गुमे पनि लक्ष्य ठुलो नभएकाले बारा ब्लु दबाबमा परेन । विशेषगरी मधेश प्रदेशका यू–१६ उमेर समूहका प्रतिभावान् खेलाडी सुशान्त सिंहले एकतर्फी रूपमा खेललाई नियन्त्रणमा लिए।
सुशान्त सिंहले मात्र ५१ बल खेल्दै १० छक्का र ६ चौकाको मद्दतले सानदार ९८ रन बनाए । सिंहले मैदानको चारैतिर आकर्षक सटहरू प्रहार गर्दै विपक्षी बलरहरूलाई दबाबमा पारे।
उनको उत्कृष्ट ब्याटिङका कारण बारा ब्लुले मात्र १८.४ ओभरमै सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे । यस जितसँगै बारा ब्लुले प्रधानमन्त्री कपका लागि जिल्ला टिम छनोट प्रक्रियामा आफ्नो दाबी मजबुत बनाएको छ।