बागलुङ २ मा १२ जनाको उम्मेदवारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं २ मा १२ वटा दलको उम्मेदवारी दर्ता भएको छ। निर्धारित समयमा १२ राजनीतिक दलका १२ उम्मेदवारीले मनोनयन दर्ता गराएका हुन्। 

निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा एमालेकी मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीका अनिल शर्मा गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा, श्रम संस्कृति पार्टीका हर्कबहादुर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही र नेकपा (माओवादी)का लोकेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्।

त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका पदम कुँवर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, मंगोल नेसलन अर्गनाइजेसनका जुनबहादुर थापामगर, जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती र नेसनल रिपब्लिक पार्टीका नरबहादुर बुढाले उम्मेदवारी दिएका निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए।

निर्वाचन कार्यालयले सोमबार सर्वदलीय बैठक राखेर दलहरूका लागि समय निर्धारण गरेको थियो। सोही समयअनुसार दलहरूले आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएका हुन्।

सुझावित समाचार