फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा १० जनाले उम्मेदवारी दर्ता गरेका छन्। एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदारी दर्ता गराएका हुन्।
नेकपा एमालेबाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेकपाबाट नरेश भण्डारी, रास्वपाबाट बिनिता कठायत र राप्रपाबाट ज्ञानबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका हुन्।
यसैगरी नेमकिपाबाट विर्खबहादुर रावत, प्रलोपाबाट मनऋषि धिताल, नेजपाबाट रनिल बिक्रम शाही र नेकपा (माओवादी)बाट बिर्खबहादुर शाहीले उम्मेदवारी दिँदा भक्त बहादुर रावलले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।