सप्तरी–२ मा रास्वपाका रामजी यादव मैदानमा

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार उनी निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्। पहिलोपटक संसदीय निर्वाचनमा होमिएका यादवले परिवर्तन र नयाँ राजनीतिक अभ्यासको एजेन्डासहित मैदानमा उत्रिएको बताएका छन्।

सप्तरी–२ मा यसअघि नै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंह र पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवले पनि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्। प्रभावशाली नेताहरूको उपस्थितिसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै रोचक र कडा हुने संकेत देखिएको छ।

सुझावित समाचार