गृहमन्त्री ओमप्रकाश अर्यालले २४ भदौको विध्वंसपछि गिरेको प्रहरीको मनोबल उठिसकेको दाबी गरेका छन् । विनादबाब प्रहरीले बर्दीको उद्देश्य पूरा गर्ने मौका हुँदा विगतभन्दा अहिले मनोबल बढेको उनको दाबी छ।
गृह मन्त्रालयमा भएको पत्रकार भेटघाटमा उनले बरु विगतका दिनमा प्रहरीको मनोबल गिरेको बताए।
उनले भने, ‘प्रहरीको मनोबल विगतभन्दा अहिले बढेको पाएको छु। विगतमा सरुवा, बढुवाजस्ता सामान्य काममा समेत प्रहरीमाथि हस्तक्षेप हुन्थे। तर, अहिले त्यस्तो हुँदैन।
कानुनअनुसारका सबै काम प्रहरीले विनाअवरोध सम्पादन गर्न पाएका छन्। बर्दीको दुरुपयोग रोकिएको छ। प्रहरीले ‘म बर्दीधारी हुँ’ भनेर ढुक्कले भन्न पाएका छन्।’ आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरीका संरचना निर्माणले पनि गति लिएको उनको भनाइ छ।