मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। सिंहले निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वाभिमान पार्टीबाट सप्तरी क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका हुन्।
सिंहले हिजो मात्रै प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए। गत ०७९ को निर्वाचनमा उनी सप्तरी २ (क)मा जनमत पार्टीबाट विजयी भएका थिए। उनलाई जनमतले मधेश प्रदेश सभामा अर्थ समितिको सभापति र पछि मुख्यमन्त्री बनाएको थियो।
जेन–जी आन्दोलनको क्रममा जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतको निर्देशनमा उनले फेसबुकबाट राजीनामा दिएका थिए। तर, पछि कुरा फेरेपछि जनमतले नै समर्थन फिर्ता लिएको थियो।
सिंह ०७४ देखि ०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष थिए।