नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्।
कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेपालले उम्मेदवारी दर्ता गराएका हुन्। सो क्षेत्रमा नेकपा एमालेका अजयकुमार गुप्ता र नेपाली कांग्रेसका अनिल झाले उम्मेदवारी दर्ता गराएका छन्।