कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बलायरले गरे कैलाली ४ बाट चुनाव लड्न अस्वीकार

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले चुनाव लड्न अस्वीकार गरेका छन्। कांग्रेसले उनलाई कैलाली क्षेत्र नम्बर ४ बाट टिकट दिएको थियो। 

सभापति बलायरले गत चुनावमा यही क्षेत्रबाट एमाले नेता लेखराज भट्टलाई हराउँदै चुनाव जितेका थिए।

बलायरले आफूले चुनाव नलड्ने बताए। ‘पटक–पटक भइरहने चुनाव कति लड्नु, मैले अस्ति नै चुनाव नलड्ने भनिसकेको थिएँ,’ उनले भने। 

बलायर कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवानिकट हुन्। यो क्षेत्रबाट एमालेले उपमहासचिव लेखराज भट्ट र रास्वपाबाट हरि रेग्मीले उम्मेदवारी दर्ता गराउँदै छन्।
 

सुझावित समाचार