नेपाली कांग्रेसले गरेको विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ । उक्त रिट एकल इजलासको ‘ङ’ नम्बरमा पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।
शेरबहादुर देउवासहित दुई जनाको तर्फबाट दायर रिटमा निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ । विशेष महाधिवेशमार्फत पार्टीको नयाँ नेतृत्व चयन भएपछि कांग्रेसभित्र आन्तरिक विवाद चर्किएको थियो ।
गगन थापा र विश्वप्रकाश शर्मा पक्षको नेतृत्व चयनलाई अवैधानिक ठहर गर्दै देउवा पक्षले सुरुमा निर्वाचन आयोगमा उजुरी दिएको थियो । तर आयोगले महाधिवेशबाट निर्वाचित नेतृत्वलाई मान्यता दिएपछि देउवा पक्षले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएको हो ।