काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा नेपाली कांग्रेसले उम्मेदवार छनोट गरेको छ। क्षेत्र नम्बर १ मा गुणराज मोक्तान र क्षेत्र नम्बर २ मा मधु आचार्यलाई टिकट दिइएको छ। दुवैजना कांग्रेसको गगन थापा पक्षधर हुन्।
क्षेत्र नम्बर १ का उम्मेदवार मोक्तान पहिलोपटक चुनाव लड्न लागेका हुन्। सो क्षेत्रमा नेकपा (एमाले)ले अमित लामालाई टिकट दिएको छ। त्यस्तै, नेकपाले दीनानाथ गौतम तथा रास्वपाले मधु चौलागाईलाई टिकट दिएको छ।
क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा गर्न लागेका आचार्य यसअघि पनि सो क्षेत्रबाट चुनाव लडेका थिए। सो क्षेत्रमा एमालेबाट अशोक ब्याञ्जु, नेकपाबाट वसुन्धरा हुमागाई र रास्वपाबाट बदन भण्डारी उम्मेदवार बन्दै छन्।