गण्डकीका १८ मध्ये १३ निर्वाचन क्षेत्रमा कांग्रेसले टुंग्यायो उम्मेदवार

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले गण्डकी प्रदेशका १८ मध्ये १३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगाे लगाएको छ । 

जसअनुसार दुई क्षेत्र रहेको जिल्लाहरूमध्ये गोरखा– १ मा प्रकाश खत्री र २ मा प्रकाशचन्द्र दवाडी, तनहुँ– १ मा गोविन्द भट्टराई र २ मा शंकर भण्डारी, स्याङ्जा– १ मा भरत ढकाल र २ मा भागवतप्रकाश मल्ल, बागलुङ– १ मा भीम शिरीष र २ मा टेकराज पौडेल रहेका छन् ।

यसैगरी एउटा मात्र क्षेत्र रहेका जिल्लाहरू लमजुङमा गमप्रसाद गुरुङ, मनाङमा टेकप्रसाद गुरुङ, पर्वतमा अर्जुन जोशी, म्याग्दीमा केबी भण्डारी र मुस्ताङमा योगेन्द्र गौचनले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

गण्डकीमा सबैभन्दा धेरै तीन क्षेत्र रहेको कास्की, दुई क्षेत्र रहेको नवलपुरमा उम्मेदवार चयन गर्न बाँकी रहेको छ ।
 

सुझावित समाचार