दुर्गा प्रसाईं पोखराबाट पक्राउ

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण
दुर्गा प्रसाईं पोखराबाट पक्राउ

फाइल तस्बिर

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका संयोजक मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । निर्वाचन आयोगको विषयमा भ्रामक सूचना फैलाएको आरोपमा उनी प्रक्राउ परेका हुन् । अभियानको कार्यक्रमका लागि पोखरा आएका वेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले कांग्रेस विशेष महाधिवेशन पक्षधरबाट निर्वाचन आयोगले ५२ करोड लिएर आधिकारिकता दिएको भन्ने आरोप लगाउँदै आएका थिए । प्रसाईंको ‘भ्रामक अभिव्यक्ति’विरुद्ध अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्वाचन आयोगको पत्र पठाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । गत शनिबार उनले आयोगका विरुद्ध भ्रामक अभिव्यक्ति दिएपछि आयोगले आइतबार प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन भनी पत्र पठाएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । पक्राउपछि उनलाई काठमाडौं पठाइने तयारी छ। प्रसाईं यसअघि पनि साइबर अपराध मुद्दामा पक्राउ परेका थिए।
 

सुझावित समाचार