३१.१२ अंकले बजार बढ्दा कारोबार आठ अर्ब नाघ्यो

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह देखियो । नेप्से परिसूचक ३१.१२ अंकले वृद्धि भई २६७२.५५ विन्दुमा पुगेर बजार बन्द भएको हो । उक्त दिन कुल तीन सय ३८ कम्पनीका एक करोड ६६ लाख ११ हजार चार सय ७९ कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम आठ अर्ब ४० करोड २७ लाख ९७ हजार सात सय ७५ रुपैयाँ पुगेको छ ।

बजार उकालो लागेसँगै चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सागर डिस्टिलरी, उन्नति सहकारी लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र गुराँस फाइनान्सका सेयर १० प्रतिशतले बढेका हुन् ।

कारोबार भएका स्टक्समध्ये दुई सय २४ वटाको मूल्य बढ्दा ३१ वटामा गिरावट आयो भने पाँचवटाको मूल्य स्थिर रह्यो । कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स अग्रस्थानमा रहँदै ५३ करोड रुपैयाँबराबरको सेयर कारोबार गर्यो । त्यस्तै, एसवाई प्यानल नेपालले ३७ करोड रुपैयाँको कारोबार गर्दा श्रीनगर एग्रिटेकको २८ करोड, बन्दीपुर केबलकार एन्ड टुरिजमको २५ करोड र राधी विद्युत्को २४ करोड रुपैयाँबराबरको सेयर किनबेच भयो । 

सुझावित समाचार