नेकपा (एमाले)काे समानुपातिक उम्मेदवारको सूचीमा झापाबाट मात्र सातजनालाई राखिएको छ। झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो।
निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको सूचीअनुसार झापाबाट अनिता कन्दङ्वा, विद्यानन्दसिंह राजवंशी, नर्वदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाई, नीता घतानी, जितबहादुर दर्जी गौतम एमालेको समानुपतिक सूचीमा परेका छन्।
यस्तो छ एमालेको समानुपातिक उम्मेदवारको सूचीः



