छविलाल रिजालसहित नौ सहसचिवको सरुवा

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

सरकारले नौ सहसचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। 

सरुवाअनुसार गृह मन्त्रालयअन्तर्गत कार्यरत केदारनाथ शर्मालाई अर्थ मन्त्रालयमा पठाइएको छ। मधेश प्रदेशमा कार्यरत धर्मेन्द्रकुमार मिश्रको गृह मन्त्रालयमा सरुवा भएको छ। जेन-जी आन्दोलनमा काठमाडौंको सिडिओ रहेका छविलाल रिजालको गण्डकी प्रदेशमा सरुवा भएको छ। 

त्यस्तै, भ्रष्टाचार मुद्दाबाट हालै मात्र सफाइ पाएका प्रदीप परियारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सरुवा भएको छ। 
 

सुझावित समाचार