वीर अस्पतालले आकस्मिक कक्षको शय्या विस्तार गरेको छ। २० शय्या थपिएसँगै अब वीरकाे आकस्मिक कक्षमा शय्या संख्या ५५ पुगेकाे छ।
उक्त शय्या आइतबारदेखि सञ्चालनमा आएको अस्पतालका निर्देशक डा. दिलीप शर्माले बताए। उनका अनुसार ५५ बाट अझै पनि संख्या थप गरिनेछ। बिरामीको चाप अत्यधिक हुने, तर शय्या कम भएपछि आकस्मिक कक्षमा आएका बिरामी फर्काउनुपर्ने बाध्यता रहँदै आएको छ।