उम्मेदवारको विषयमा असन्तुष्ट पक्षले बाजुरा एमालेको कार्यालयमा ताला लगायो

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको भन्दै पार्टीनिकट युवासंघ नेपाल र अनेराववियु बाजुराले आइतबार पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

पार्टीमा उम्मेदवार बन्दै जितेका नेताहरूलाई नै फेरि टिकट दिएको विरोधमा पार्टी कार्यालयमा ताला लगाएको राष्ट्रिय युवासंघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव रामचन्द्र आरसी रोकायाले बताए।

पार्टीले युवाहरूको भावनामाथि खेलबाड गरेकाले जिल्ला पार्टी कार्यालयमा ताला लगाउन बाध्य भएको उनको भनाइ छ। रोकायाको नेतृत्वमा मनोज बोहरा, भरत रोकायासहितका युवाहरूले तालाबन्दी गरेका हुन्।

नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीले भने आफू काठमाडौंबाट जिल्ला आइरहेको भन्दै पार्टी कार्यालयमा ताला लगाएकोबारेमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए।

सुझावित समाचार