आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुने

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित एक कार्यक्रममा यससम्बन्धी जानकारी दिइएको हो। 

छलफलमा आयोगका तर्फबाट आचारसंहिताबारे प्रस्तुतीकरण गरिएको थियो। जसअनुसार निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने आयोगले जनाएको छ। 
आयोगको आजै बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए। 

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका मुख्यसचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो।
 

सुझावित समाचार