काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएको राजीनामा महानगरको कार्यपालिका बैठकमा प्रस्तुत गरिएको छ। उनले दिएको राजीनामा-पत्रपछि धन्यवाद ज्ञापन गर्न उपमेयर तथा कार्यवाहक प्रमुख सुनीता डंगोलको अध्यक्षतामा ४६औँ नगर कार्यपालिकाको बैठक बसेको थियो।
बैठकको मुख्य प्रस्ताव मेयर शाहको राजीनामा-पत्र तथा धन्यवाद ज्ञापन सम्बन्धमा थियो। डंगोलले मेयर शाहले दिएको राजीनामा-पत्र प्रस्तुत गर्दै नगर कार्यपालिकाका सदस्यहरूलाई जानकारी गराइन्।
उक्त राजीना-पत्र प्रस्तुत गरेपछि धन्यवाद ज्ञापन गरेर बैठक सकिएको हो।