सल्यानमा सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिन्डे नगरपालिका– १० का अन्दाजी ६० वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो।
बनगाड कुपिन्डे नगरपालिका– १०, शिव प्राथमिक विद्यालय खानीगाउँदेखि खाली टाकुरा जोड्ने सडकखण्डमा ग्याबिन जाली भर्ने माटो खन्ने क्रममा ढुंगासहितको ढिस्कोले पुरिएर पुन गम्भीर घाइते भएका थिए।
घाइते पुनको सुर्खेत मेहलकुनामा उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बनगाड कुपिन्डे नगरपालिका– १० का वडाध्यक्ष मोते घर्तीले जानकारी दिए। शुक्रबार बिहान घाइते भएका पुनको शनिबार थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।