राष्ट्रिय सभाले राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोकप्रस्ताव पारित गरेको छ ।
आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोकप्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पनि पढेर सुनाएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आजको दिन ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए । राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य गत भदौ ३१ गते भएको थियो ।
साथै अर्को बैठक ०८२ साल माघ ९ गते शुक्रबार १:१५ मा बस्ने तय भएको छ ।