नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ बाट अमित लामालाई टिकट दिएको छ। लामा एमालेका केन्द्रीय सदस्य हुन्। सो क्षेत्रबाट रेशम लामा, चन्द्रबहादुर लामालगायत नेता पनि टिकटका दाबेदार थिए।
त्यस्तै, क्षेत्र नम्बर २ को टिकट भने एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘होल्ड’मा राखेका छन्। सो क्षेत्रबाट गोकुल बाँस्कोटाको एकल सिफारिस भएको थियो। अर्का नेता अशोक ब्याञ्जूले पनि सो क्षेत्रबाट टिकटमा दाबी गरेका छन्।