पशुपतिस्थित बागमती नदीमा माघस्नान (तस्बिरहरू)

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण

माधवनारायणकाे व्रत बसेका व्रतालुहरूले आइतबार बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन्। पौराणिक सहर साँखुमा सुरु भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू पशुपतिनाथ आएका हुन्। एकमहिने माधवनारायण स्वस्थानीका व्रतालु एवं रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन्। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ।माघ महिनामा माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

सुझावित समाचार