सन् २००२ : सियरा लियोनको गृहयुद्ध अन्त्य भयो । सन् २००२ को १८ जनवरीमा ११ वर्ष लामो युद्ध अन्त्य भएको थियो । एक दशकभन्दा लामो सो युद्धका कारण ५० हजारको मृत्यु भएको थियो भने लाखौँ विस्थापित भएका थिए ।
सन् १८७१ : जर्मन राजा केशर विलियम प्रथम र प्रधानमन्त्री अटो भान विस्मार्कले देशलाई साम्राज्य घोषित गरे ।
सन् १८९६ : एक्स–रे मेसिनलाई पहिलोपटक अमेरिकामा प्रदर्शनका रूपमा देखाइयो ।
सन् १९१९ : पेरिस शान्ति सम्मेलन सुरु भयो । पहिलो विश्वयुद्धपछि उत्पन्न अस्थिरता र द्वन्द्वको आलो घाउबिच फ्रान्सको राजधानी पेरिसमा सम्मेलन भएको थियो । सम्मेलनपछि भर्सेल्स सन्धिमा हस्ताक्षर भयो ।
सन् १९८६ : आजकै दिनदेखि अमेरिकामा मार्टिन लुथर किङ दिवस मनाउन सुरु भएको थियो । यस दिन सार्वजनिक बिदा दिइन्छ ।
सन् १९९७ : नर्वेका धु्रवीय अन्वेषक बोर्ग आउसल्यान्ड कसैको सहयोगविना एक्लै अन्टार्कटिकामा हिँडेका थिए । बोर्गले पृथ्वीकै सबैभन्दा उत्तरी महादेशमा तीन हजार किलोमिटर हिँडेर रेकर्ड कायम गरेका थिए ।
सन् २०२२ : इन्डोनेसियाको संसद्ले देशको राजधानी जाकार्ताबाट सारेर बोर्नियो टापुमा सार्ने र नयाँ विकास गरिने सहरको नाम नुसनतारा राखिनेसम्बन्धी विधेयक पास गर्यो ।