भारतसँग नेपाल ८–१ ले पराजित

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला फुटसल टिमले साफ फुटसल च्याम्पियनसिपमा भारतसँग ८–१ को हार व्यहोरेको छ । शनिबार थाइल्यान्डको बैंककमा भएको खेलमा भारतलाई जित दिलाउन दिती कनुन्गो एक्लैले चार गोल गरिन् ।

रीतिका सिंहले दुई गोल गर्दा निस्का प्रकाश र खुस्बु सरोजले समान एक गोल गरेका हुन् । नेपालका लागि मनीषा थापामगरले एक गोल फर्काइन् । नेपाल अन्तर्राष्ट्रिय महिला फुटसलमा ऐतिहासिक पहिलो जित निकालेको अर्काे दिन नै खराब नतिजा निकाल्न पुगेको हो । नेपालले पहिलो खेलमा श्रीलंकासँग दुई–दुईको बराबरी खेलेको थियो । दोस्रो खेलमा भने नेपालले माल्दिभ्सलाई ५–० ले हराएको थियो । 

See More On

सुझावित समाचार